खाडीका युवा सम्झँदै पाका मतदाता

सिरहा, १८ मङ्सिर- वैदेशिक रोजगारमा गएका युवाले पठाएको ‘रेमिट्यान्स’ ले राष्ट्रको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्‍याएको दुईमत छैन । वैदेशिक रोजगारीकै आडमा समाजमा सामाजिक विकृति पनि बढ्दो छैन, राष्ट्रिय राजनीतिमा समेत गहिरो नकारात्मक प्रभाव पार्दै गएको छ देशभरबाट दैनिक हजारौं युवा वैदेशिक रोजगारीका लागि जाने क्रम जारी रहँदा देशभित्र हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभाको महत्वपूर्ण निर्वाचनमा समेत यसको प्रभाव देखिएको छ ।अहिले तराईका जिल्लामा बिहीबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको चहलपहल बढ्दो छ । तर, त्यो चहलपहलमा युवाको उपस्थिति भने अत्यन्तै न्यून छ ‘देश विकासमा युवाको महत्वपूर्ण भूमिका हुन्छ । निर्वाचनको संघारमा देशको नेतृत्व सम्हाल्न अगाडि आउनुपर्ने युवा भने खाडी राष्ट्रमा पसिना बगाउन बाध्य छन् । देशकै लागि यो सबैभन्दा ठूलो दुर्भाग्य हो’, सिरहा सदरमुकामका बुद्धिजीवी अनिरुद्र ठाकुर भन्छन् आर्थिक वर्ष ०६७÷६८ देखि ०७३÷७४ को वैशाख मसाप्तसम्मको तथ्यांकअनुसार सिरहाबाट मात्र वैदेशिक रोजगारीमा जानेको संख्या ९४ हजार दुई सय ७५ छ । तीमध्ये पुरुष ९४ हजार एक सय ४४ र महिला एक सय ३१ छन् । यो सरकारी तथ्यांक मात्र हो । यसबाहेक गाँस, बास र कपासको जोहो गर्न छिमेकी राष्ट्र भारतका विभिन्न सहरमा भौंतारिइरहेका युवाको संख्यासमेत जोड्दा तथ्यांक अझ गम्भीर बन्न सक्छ, अन्नपूर्ण पोस्टमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?