चर्चित अष्टमी गुरुङ मृत्यु प्रकरणमा मुछिएका बंगाली पक्राउ

काठमाडौं, १७ मंसिर— युएईमा नेपाली युवती अष्टमी गुरुङको मृत्यु प्रकरणमा मुछिएका अरबियन गल्फ किल्निङ् कम्पनीका सुपरभार्इजर साइमन काजी पक्राउ परेका छन् । उनी बंगलादेशी नागरिक भएको बताइएको छ उक्त कम्पनीका नेपालीहरुले दिएको जानकारीअनुसार शनिबार साइमनलार्इ दुबर्इ प्रहरीले नियन्त्रणमा लिएको होयता राजदुताबास आबुधावीका कार्यबाहक राजदुत नेत्रबहादुर टण्डलले मृतक अष्टमीले रेकर्ड गराएकी भिडियो अरबियन भाषामा ट्रान्सलेट गरि प्रहरी अनुसन्धान बिभागलार्इ बुझाइएको भएपनि थप जानकारी आउन नसकेको बताए मृतक अष्टमीको मोबाइलमा भेटिएको भनिएको भिडियोमा साइमनले बलात्कार गरेको र आत्महत्या गर्न बाध्य पारेको रेकर्ड भएको बताइएको छ । सोहि भिडियोपछि साइमन घटनामा मुछिएका थिए । यो विषय अहिले निकै भाइरल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?