गंगामायाको बारेमा गम्भीर बन्न यी संगठनको आग्रह

काठमाडौं, १७ मंसिर — विगत पाँच वर्षदेखि आमरण अनसनमा बसेकी गोरखा फुजेलकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न सरोकारवाला पक्षले सरकारको ध्यानाकर्षण गराएका छन् विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति, विश्व हिन्दु यूवा संघ अन्तराष्ट्रिय समिति, भगवती मानव कल्याण नेपाल राष्ट्रिय समिति, श्री पशुपतिमनाथ सेवक संघ तथा जय शम्भु सेवा समाजले अधिकारीको माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् आईबार पत्रकार सम्मेलन गर्दै विश्वहिन्दु महासंघ नेपाल राष्ट्रिय समितिका अध्यक्ष डा.रामचन्द्र अधिकारीले वि.स २०६१ साल जेठ २४ गते अपहरण पछि हत्या गरिएका कृष्णप्रसाद अधिकारीका हत्यारालाई हदैसम्मको कार्वाहीको माग गर्दै अनसनरत आमा गंगामाया अधिकारको स्वास्थ्य स्थिति नाजुक रहेकामा सरकारलाई गम्भिर बन्नु आग्रह गरे उनले भने‘छोराको न्यायको लागि बाआमाले अनसन मै बसेको बेला मर्नुपर्ने दिन आए, सरकारले जनताको भलाई र पीडितलाई न्याय दिने हो तर हाम्रो सरकारले पीडितलाई झन पीडाको खाल्डोमा हाल्ने गरेको छ।’त्यस्तै पत्रकार सम्मेलनमा सनातन हिन्दु धर्म शिरोमणी स्वामी रामबाबाले पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको प्रसाद नचढाउने कार्य हिन्दुधर्मको उपहास भएको टिप्पणी गरे कार्यक्रममा पशुपतिनाथ मन्दिरका सहायक भट्ट केदारमान भण्डारीले पशुपति संकटमा परेको भन्दै आध्यात्मिक क्रान्तिको खाँचो रहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?