चितवन क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका छन् राप्रपाका विक्रम पाण्डे नेपाली कांग्रेसको समेत समर्थनमा उम्मेदवार बनेका पाण्डेका प्रतिस्पर्धी हुन्, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड यि दुई उम्मेदवारबिचको भिडन्तलाई निकै चासोका साथ हेरिएको छ । दुवै उम्मेदवार आफूलाई योग्य सावित गराउनका लागि लागेका छन्विक्रमले चितवनको भरतपुरमा कालिका एफएम सफल रुपमा संचालन गरेका छन् । अहिले चुनावका बेला उनले आफ्नो एफएममा प्रतिस्पधी दाहालसँग सम्बन्धित समाचार प्रशारमा बन्देज लगाएका छन् राष्ट्रिय नेता मात्र नभै पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डको समाचार अन्य मिडियाले खोजीखोजी प्रशारण प्रकाशन गरिरहेका बेला कालिका एफएमबाट भने प्रचण्डको समाचार बजाइएको छैन प्रचण्डका चुनावी प्रतिरुपर्धी विक्रम पाण्डेको लगानीमा सञ्चालन भएको उक्त एफएमले एक हप्तादेखि प्रचण्डको समाचार नबजाएको बताइएको छ आफ्नो चुनावी प्रतिस्पर्धी भएकै कारण पाण्डेले प्रचण्डको समाचार प्रशारणमा रोक लागाएको अनुमान गर्न गाह्रो छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया