त्रिशूलीमा गाडी खस्दा , १० वर्षमा ५९६ को मृत्यु

काठमाडौं, १४ मङ्सिर- काठमाडौंबाट अर्घाखाँची सन्धिखर्कतर्फ जाँदै गरेको बस बुधबार बिहान त्रिशूलीमा खस्यो । चितवनको फिस्लिङ पुग्दा विपरीत दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएर उक्त दुर्घटना भएको थियो । दुर्घटनामा सात जनाको ज्यान गयो । गएको ४ कात्तिकमा पनि राजविराजबाट आएको रात्रिबस त्रिशूलीमै दुर्घटना हँुदा ३४ जनाको ज्यान गएको थियो त्रिशूली नदीमा अहिलेसम्म कति व्यक्तिले सवारी दुर्घटनामा ज्यान गुमाएका छन् भन्ने यकिन तथ्यांक नभए पनि विगत १० वर्षको अवधिमा ज्यान जानेको संख्या ५९६ रहेको छ । धादिङदेखि चितवनसम्मको सडकखण्डमा सवारी दुर्घटनाबाट ५९६ जनाको मृत्यु भएको प्रहरी प्रधान कार्यालयको तथ्यांकले जनाएको छ । त्रिशूलीमा परेर पनि अंगभंग हुनेको संख्या भने हजारौं नाघ्ने प्रहरीको भनाइ छ, राजधानी दैनिकमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?