भक्तपुर, १३ मङ्सिर – शिक्षक सेवा आयोगले हालसम्म सात लाख ६५ जनालाई अध्यापन अनुमतिपत्र वितरण गरिसकेको छ । विद्यालय तहमा अध्यापन गर्न स्थायी अध्यापन अनुमतिपत्र (लाइसेन्स) अनिवार्य गरिएपछि आयोगले २०६१ सालबाट वितरण गर्न थालेको हो आयोगका अनुसार प्राथमिक तहमा एक लाख ९८ हजार ८३०, निम्न माध्यमिक तहमा तीन लाख ६५ हजार २७५ र माध्यमिक तहमा एक लाख ३५ हजार ९६० जनाले लाइसेन्स प्राप्त गरिसकेका छन् । कक्षा ११ र १२ मा अध्यापन गर्नका लागि २२ हजार ९८६ जनालाई अस्थायी अध्यापन अनुमतिपत्र वितरण गरिसकिएको गोरखापत्रमा खबर छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया