काठमाडौं, १० मंसिर—धेरैले नपात्याएको पहिलो चरणको निर्वाचन अन्ततः सम्पन्न भएको छ । वाम गठबन्धन बनेसँगै सरकार चुनाव नगराउने खेलमा लागिपरेको भन्दै धेरैले चुनाव हुन नसक्ने भिन आशंका गर्दै आएको बेला पहिलो चरणको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पपन्न भएको हो निर्वाचन आयोगले आइतबार सम्पन्न पहिलो चरणको प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा ६५ प्रतिशतभन्दा बढी मत खसेको प्रारम्भिक जानकारी दिएको छ। प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले साँझ आयोजना गरेको पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ‘स्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रमा प्राप्त प्रारम्भिक विवरण अनुसार, ६५ प्रतिशतभन्दा बढी मतदान भएको जानकारी प्राप्त भएको छ । मतदानमा खसेको मत प्रतिशतको आँकडा अझ बढ्नसक्ने आयोगले अनुमान गरेको छ’, पत्रकार सम्मेलनमा यादवले भने । उनले सबैभन्दा बढी बाजुरा जिल्लामा ८० प्रतिशत मतदान भएको समेत जानकारी दिए आज भएको मतदानमा रुकुम पश्चिमको बाफिकोट गाउँपालिका वडा नं. ५ को रत्न मा.वि. क मतदान केन्द्र र सोही जिल्लाको आठबीसकोट नगरपालिका वडा नं. ११ स्थित राष्ट्रिय मा.वि. गत्तसैना ख मतदान केन्द्रमा मतपेटिकामा आगलागी भएको कारणबाट मतदान कार्य स्थगित भएको छ । स्थगित भएका मतदान केन्द्रमा मुख्य निर्वाचन अधिकृतले छिट्टै नै पुनः मतदान गर्ने व्यवस्था मिलाउने यादवले जानकारी दिए । यसरी ४ हजार ४६५ मतदान केन्द्रमध्ये दुईवटा मतदान केन्द्रमा मात्र पुनः मतदान हुने भएको छ यसबाहेक प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन ३२ जिल्लामा शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको उनले जानकारी दिए प्रतिनिधिसभातर्फ ३७ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ७४ निर्वाचन क्षेत्रमा आज भएको मतदान कार्य ऐतिहासिक रूपमा सफल भएको जानकारी दिन पाउँदा आयोग हर्षित भएको समेत यादवले बताए आयोगका अनुसार केही मतदान केन्द्रमा मतदान प्रतिनिधि समयमा उपस्थित नभएका कारणले केही ढिलो मतदान आरम्भ भएपनि सबै मतदान केन्द्रहरूमा तोकिएकै समयमा निर्वाचन शुरू भएको थियो । अधिकाँश मतदान केन्द्रमा विहान ७ बजे अगाडिदेखि नै मतदाताहरू मतदानका लागि उत्साहपूर्वक पङ्क्तिबद्ध भएका थिए मतदाता उत्साजनकरुपमा मतदानमा सहभागी भएबाट संविधान कार्यान्वयनलाई पूर्णता दिन, संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न र मतदाताको व्यापक सहभागिताबाट मुलुकमा राजनीतिक स्थायित्व दिने कार्यप्रति नेपाली जनता प्रतिवद्ध रहेको प्रष्ट भएको पनि आयोगले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया