रोहिंज्याहरुकोे घरफिर्तीका लागि बंगलादेशर म्यानमारबीच समझदारी

एजेन्सी । म्यानमारमा हालै भएको सैन्य कारबाहीबाट आफ्नो ज्यान जोगाउन भागेर छिमेकी देश बंगलादेश पुगेका हजारौँ रोहिंज्या मुसलमानहरुको घरफिर्तीका लागि बंगलादेशले म्यानमारसँग एक समझदारी गरेको छ म्यानमारको राजधानी न्यपि ट मा हस्ताक्षर गरिएको उक्त समझदारीबारे विस्तृत विवरणहरु सार्वजनिक गरिएका छैनन् यस समझदारीलाई बंगलादेशले ‘पहिलो कदम’ भनी उल्लेख गरेको छ । म्यानमारले भने रोहिंज्याहरुलाई ‘जतिसक्दो चाँडो’ घरफिर्ता गराउनका लागि तयार भएको बताएको छ रोहिंज्याहरुको सुरक्षाको प्रत्याभूति हुनुपर्ने भन्दै सहायता निकायहरुले उनीहरुलाई जबरजस्ती घरफिर्ती गराउनेबारे चिन्ता प्रकट गर्दै आएका थिए राज्यविहीन भएका रोहिंज्याहरु मुख्यतः मुसलमान अल्पसंख्यक हुन् र बौद्धमार्गी बहुल म्यानमारमा उनीहरु उत्पीडनमा पर्दै आएका छन् बुधबार अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले रोहिंज्याविरुद्ध म्यानमारको सेनाको गरेको कारबाहीलाई जातीय सफाया सरह भएको बताएका थिए गत हप्ता म्यानमारको सेनाले रोहिंज्या संकटलाई लिएर उसमाथि लागेको आरोपमा आफू निर्दोष रहेको बताएको थियो रोहिंज्या मुसलानलाई मारेको‚ उनीहरुको बस्तीमा आगो लगाएको‚ अनि महिला र किशोरीलाई बलात्कार गरेको तथा सरसमान चोरेको आरोपलाई म्यानमारको सेनाले अस्वीकार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?