रसुवागढी नाका ७२ घण्टाका लागि बन्द

रसुवा, ७ मंसिर – यही मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै आजदेखि रसुवागढी नाका बन्द गरिएको छ निर्वाचन सुरक्षाका सम्बन्धमा केरुङका अधिकारीसँग कुराकानी भई आजराति १२ बजेबाट ७२ घण्टाका लागि नाका पूर्णरुपमा बन्द गर्ने सहमति भएको प्रमुख जिल्ला अधिकारी चोमन्द्र न्यौपानेले जानकारी दिए बन्दका क्रममा दुवैतर्फबाट सवारी साधान र पैदलयात्रुसमेतलाई आवतजावतमा रोक लगाइएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?