नेताका चुनावी चटक : धान बोक्नेदेखि गाई दुहुनेसम्म (फोटो फिचर)

देश संघीय लोकतान्त्रिक गणतन्त्रलाई संविधानमार्फत संस्थागत गर्ने दिशामा अघि बढिरहेको छ । २०७२ सालमा निर्माण भएको संविधान कार्यान्वयनका लागि आगामी माघभित्र केन्द्र, प्रदेश र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने व्यवस्था छ सोही कारण आगामी मंसिर १० र २१ मा प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । सोही चुनावका लागि अहिले नेताहरु घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् । जनताहरु मंसिरको धमाधममा भएका कारण पनि नेताहरुलाई भोट माग्न जनताले काम गरिरहेका स्थानमा जानुपर्ने बाध्यात्मक अवस्था रहेको छ यस्तोमा केही नेताहरुले भने आफ्नो केहीसाता अघिको दैनिकीलाई चटक्कै बिर्सिएर धान काट्नेदेखि खेत जोत्नेसम्मका कार्यमा संलग्न भएका देखिन्छन् । कृषि प्रधान देशमा जनतासँगै काम गरेर आफूतर्फ आकर्षित गर्न खोज्नु सकारात्मक भएपनि उनीहरुको पोसाकले कति भद्दा मजाक गरिरहेका छन् भन्ने प्रष्ट हुन्छ यसै क्रममा मोरङ क्षेत्र नम्बर ४ का वाम गठबन्धनका उम्मेदवार अमनलाल मोदी र प्रदेश सभा (क) का उम्मेदवार विजय विश्वास जनातको खेतमा फूलमाला र कोट लगाएर धान बोकिरहेका छन् । दोस्रो संविधानसभामा माओवादी केन्द्रबाट सभासद भएका उनी संविधानसभामा कुर्सी तोडफोड काण्डपछि निकै चर्चामा आएका थिए यसैगरी पर्वत क्षेत्र नं. १ का उम्मेदवार माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य नेत्र अधिकारी जलजला गाउँपालिका–८ नाङलीवाङमा कृषकको खेतमा हलो जोतेर मत माग्दै गरेको तस्बिर केही समयअघि सार्वजनिक भएको थियो उता, जाजरकोटमा बाम गठबन्धनका उम्मेदवार निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा (क) का उम्मेदवार गणेश प्रसाद सिंह खेतवारीमै गएर भोट मागिरेको तस्बिर पनि बाहिर आएको छ । यद्यपि उनले सुटबुट लगाएर खेत भने जोतेको तस्बिर बाहिर आएन यसैगरी पूर्व डिआईजी नवराज सिलवाल पनि ललितपुरमा मत माग्ने क्रममा जनताको खेतमा धान काट्दै गरेको अवस्थामा भेटिए । यो भन्दा पनि गज्जबको कुरा त एमालेका युवा नेता रविन्द्र अधिकारी कास्कीमा चुनावी प्रचारका क्रममा फूलमाला र कोट लगाएर गोठमा गाई दुहुदै गरेको तस्बिरले झनै चर्चा पायो ।जनताको घरदैलोमा गएर मत माग्ने क्रममा जनतालाई रिझाउनका लागि उनीहरुको काममा सहयोग गर्नु सकारात्मक नै मान्न सकिएपनि निर्वाचन सकिएपछि अर्को निर्वाचनसम्म पनि जनताको घरमा नपुग्ने नेताहरुको विगतको परिपाटीले यो सबै केबल नाटक र ढोंगीपना मात्रै भएको पुष्टि गर्दछ निर्वाचन सकिएपछि विजयी भएपनि, पराजित भएपनि साँच्चै पुनः जनताको घरदैलोमा यसरी नै पुग्छन् या सिंहदरबार र संसदभवनका वरिपरी सत्ताको फोहोरी खेल, जोडघटाउ र एनजीओ/आइएनजीओको भत्तामा नै रमाउँछन् भन्ने कुराले जनताको कामप्रतिको चिन्ता र चासो प्रष्ट्याउनेछ किनकी जनताले नेताबाट आफ्नो खेतबारीका काममा सहयोग होइन, शान्ति, सुशासन, विकास, समृद्धि चाहेका छन् । त्यो भन्दा पनि बढी साना नानी र वृद्ध बाबुआमाहरुले आफ्ना अभिभावक र सन्तानले खाडीको ५० डिग्रीको चर्को गर्मीमा पसिना बगाएको नभई आफूसँगै रहेर बाँच्न सक्ने रोजगारी र न्यानो काख चाहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?