काठमाडौँ, ४ मंसिर – राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पछिल्लो भूकम्प अति प्रभावित १४ जिल्लामा गरेको पुर्नजाँच तथा पुनःसर्वेक्षणबाट थप १ लाख २६ हजार ३ सय २६ घरधनीहरुको तथ्याङ्क प्राप्त भएको छ कतिपय भूकम्प पीडितहरुले आफ्नो घरमा क्षति पुगेपनि लाभग्राही सूचिमा नपरेको भन्दै गुनासो गरेपछि प्राधिकरणले गत साउनमा ३ सय ३२ जना इन्जिनियरलाई सर्वेक्षणमा छुटेका तथा पुनःजाँच गर्नुपर्ने घरहरुको तथ्याङ्क संकलन गर्न खटाएको थियो विभिन्न माध्यामबाट प्राप्त गुनासोका आधारमा वास्तविक भूकम्प पीडित लाभग्राही सूचिमा नछुटुन भनि प्राधिकरणले १ लाख ३० हजार धरधनी÷घरपरिवारको पुर्नजाँच तथा पुनःसर्वेक्षण गर्न इन्जिनियरहरुलाई परिचालन गरेको थियो फिल्डमा खटिएका मध्ये अहिलेसम्म २ सय ५० इन्जिनियर फिर्ता भइसकेको र बाँकी इन्जिनियर फिर्ता हुँदाको समयसम्म करिब १ लाख ४० हजार घरधनी÷घरपरिवारको लगत संकलन सम्पन्न हुने प्राधिकरणका सुचना व्यवस्थापन शाखा प्रमुख मनोहर घिमिरेले जानकारी दिए घिमिरेका अनुसार सवै तथ्याङ्क प्राधिकरणको केन्द्रीय सर्भरमा प्राप्त भइसकेपछि अनुदान वितरण कार्यविधि अनुसार मापदण्ड पुगेका घरधनी/घरपरिवारलाई लाभग्राहीको सूचीमा समावेश गरिनेछ फिल्डमा कार्यसम्पन्न गरी प्राधिकरणको जिल्ला समन्वय समितिको सचिवालयबाट प्रारम्भिक क्लीयरयन्स लिई फिर्ता भएका इन्जिनियरहरुलाई अन्तिम क्लीयरयन्स दिने कार्य भइरहेको प्राधिकरणका तथ्याङ्क अधिकृत कुलप्रकाश न्यौपानेले बताए लाभग्राही भइरहेको सूचिमा समावेश भएपछि अनुदान सम्झौता गरि उक्त घरधनी /घरपरिवारले निजी आवास पुनर्निर्माणका लागि अनुदान प्राप्त गर्न सक्नेछ । क्षतिको मुल्याङक गर्दा प्रवलीकरणको सूचिमा पर्ने लाभग्राहीले घर प्रवलीकरणका लागि आवास अनुदान वापत १ लाख रुपैया प्राप्त गर्नेछ भने पुनर्निर्माण लाभग्राहीमा परे निजी आवास निर्माणका लागि ३ लाख रुपैया प्राप्त गर्नेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया