१० महिनामा साढे ७ लाख पर्यटक नेपाल आए

काठमाडौँ, ४ मङ्सिर – पछिल्लो १० महिनामा नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भई ७ लाख ५७ हजार ४ सय ४८ पुगेको छ । यो अघिल्लो वर्षको यसै अवधिको तुलनामा एक तिहाइले बढी हो अध्यागमन विभागले जारी गरेको सन् २०१७ को पहिले १० महिनामा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या सात लाख नाघेको हो । सन् २०१६ को पूरै १२ महिनाको दाजोमा चालु वर्षमा ४ हजार ४ सय बढी पर्यटक आएका हुन पर्यटन बोर्डले यस वर्ष १० लाख पर्यटक पुग्ने प्रक्षेपण गरेको छ । ‘यस वर्षको तथ्यांक अघिल्लो वर्षसँग विश्लेषण गर्दा ३० देखि ३५ प्रतिशतले विदेशी पर्यटक बढेको देखीन्छ,’ बोर्डका निर्देशक सुनिल शर्माले भने, ‘ यही अनुपातले पर्यटक आगमन रह्यो भने अबको दुई महिनामा नेपाल आउने पर्यटकसहितको कुल संख्या सन् २०१७ मा १० लाख पुग्ने छ ।’शर्माका अनुसार यो संख्या हालसम्मकै उच्च हुने छ, कान्तिपुरमा खबर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?