काठमाडौं, ३ मंसिर । पुत्र प्रकाश दाहालको मृत्यु हुँदा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चुनावी प्रचार–प्रसारका लागि झापामा रहेका थिए पुत्र प्रकाशको निधन भएको खबर पाएतलतत्तै हेलिकोप्टर मार्फत काठमाडौं आएका उनी सिधै लाजिम्पाटस्थित आफ्नो घरमा पुगेर पत्नी सिता सहित नर्भिक अस्पताल गएका थिए । छोरा गुमाउँदाको पीडा प्रचण्डको अनुहारमा प्रष्ट रुपमा देखिन्थ्यो । तर, उनले आफूलाई सम्हालेका थिए तर, पेरिसडाँडामा राखिएको छोराको पार्थिक शरीरमा अन्तिम श्रद्धान्जलिका लिने क्रममा भने उनले आफ्नो पीडा लुकाउन सकेनन् र आँखाबाट आँशुका थोपा झारे माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य समेत रहेका प्रकाशको पार्थिक शरीरमा श्रद्धान्जलिका लागि पार्टी कार्यालय पेरिसडाँडामा राखिएको थियो । माओवादी नेता तथा कार्यकर्ता साथै शुभचिन्तकहरुले प्रकाशको पार्थिक शरीरमा श्रद्धान्जलि दिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया