Sunday 22 November 2026
आइतबार ६ मंसिर २०८३

धादिङमा बस र दुइवटा माइक्रो ठोक्किदा २ को मृत्यु, ३० जना घाइते

बिप्लव जमकटेल १५ असार २०७६, आइतबार १४:१०
धादिङमा बस र दुइवटा माइक्रो ठोक्किदा २ को मृत्यु, ३० जना घाइते
शेयर गर्नुहोस् Facebook

काठमाडौं । धादिङमा सडक दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बेनिघाट रोराङ गाउँपालिका-७ कृष्णभीरस्थित पृथ्वी लोकमार्गमा बस र दुईवटा माइक्रोबस ठोक्किंदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो ।

काठमाडौंबाट लुम्बिनीतर्फ गइरहेको लु १ ख ९०७९ बस र बा ३ ख १००४ र ना २ ख ४५६७ नम्बरको माइक्रोबस आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

माइक्रोबसले बसलाई ओभरटेक गर्न खोज्दा विपरीत बस, माइक्रोबस र विपरीत दिशाबाट आइरहेको माइक्रोबस ठोक्किएको प्रहरीले बताएको दुर्घटनामा ३० जना भन्दा धेरै घाइते भएका छन् । उनीहरुको धादिङको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

प्रतिक्रिया सम्पादकले हेरेपछि मात्र देखिन्छ। गालीगलौज, घृणा र link राखिएका प्रतिक्रिया प्रकाशित हुँदैनन्।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईं दिनुहोस्।