एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्डको इकाई ३ कार्य दिनमा नै मागभन्दा बढी आवेदन प्राप्त

थप आवेदन प्राप्त भए योजनाको आकार ८० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्ब रुपैयाँसम्म कायम गर्न सकिने

लोकपथ
0
Shares

काठमाडौं । एन आई सी एशिया क्यापिटल योजना व्यवस्थापक रही सञ्चालन हुने ‘एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्ड’ (NIC ASIA Equity Opportunity Fund) को प्रति इकाई मूल्य १० रुपैयाँ दरका ८ करोड इकाईमध्ये न्यूनतम १ करोड २० लाख वा कुल बिक्री भएको इकाई संख्याको न्यूनतम १५ प्रतिशत इकाई कोष प्रवर्धक एन आई सी एशिया बैंक लिमिटेडको लागि सुरक्षित राखी बाँकी १० रुपैयाँ अंकित दरका ६ करोड ८० लाख इकाई २०८३ असोज ७ गतेदेखि असोज १३ गतेसम्म निष्कासन तथा बिक्री खुल्ला गरिएकोमा संस्था÷सर्वसाधारणहरूबाट माग गरे भन्दा बढी आवेदन प्राप्त भएको हुँदा योजनाको इकाई मिति १३ गते बुधबार बैंकिङ्ग समय पश्चात् सो इकाई खरिदका लागि आवेदन लिने कार्य बन्द गरिने सम्बन्धित सबैको जानकारीका लागि सूचित गरिएको छ ।

एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्डमा असोज १२ गते साँझ ५ बजेसम्म ८० करोड रुपैयाँभन्दा बढीको इकाई खरिदको लागि आवेदन परेको पनि जनाइएको छ । स्वीकृत विवरण पुस्तिकामा रहेको व्यवस्था अनुसार सो एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्डको आकार ८० करोड रुपैयाँबाट वृद्धि गरी १ अर्बसम्म कायम गर्न सकिने व्यवस्था रहेको हुँदा उक्त योजनाको इकाई खरिद गर्नका लागि असोज १३ गते बैंकिङ्ग समयसम्म आवेदन दिन सकिने ब्यहोरा समेत सम्बन्धित सबैमा जानकारी गराइएको छ ।

एन आई सी एशिया इक्विटी अपोर्चुनिटी फन्ड दश वर्ष अवधि रहेको छैठौँ बन्दमुखी योजना हो । योजनामा संकलित अधिकांश रकम धितोपत्रको दोस्रो बजारमा सूचिकृत कम्पनीहरूमा लगानी गरिने छ । उक्त योजनामा संकलित रकम भविष्यमा राम्रो प्रतिफल दिन सक्ने र राम्रो ग्रोथ सम्भावना भएका कम्पनीहरूमा अध्ययन र अनुसन्धान गरी लगानी गरिनेछ ।

उक्त योजनाको न्यूनतम १०० इकाई र अधिकतम १ करोड इकाईसम्मको लागि खरिद आवेदन दिन सकिन्छ भने इकाई खरिदको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा (C-ASBA) सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरूको शाखा कार्यालय र सिडिएस एन्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको ‘मेरो शेयर’ सफ्टवेयर मार्फत आवेदन दिनु पर्नेछ ।

उक्त योजनाको इकाई खरिदका लागि नेपाली नागरिक, गैरआवासीय नेपालीको प्रमाणपत्र (परिचय पत्र) जारी भएका व्यक्ति, प्रचलित कानुन बमोजिम दर्ता भएका नेपाली फर्म, संघ संस्था, बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, कुनै पनि वर्ग वा समूहले खडा गरेको कोषहरू जस्तै सञ्चय कोष, कल्याणकारी कोष, गुठी, अक्षय कोष आदिले इकाई खरिद गर्न आवेदन दिन सक्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?