रसुवा बाढीको असर : नागढुंगादेखि भरतपुरसम्मको सडक पूर्ण बन्द

लोकपथ
0
Shares

काठमाडौं । रसुवा हुँदै आएको भोटेकोशी नदीको बाढीका कारण पृथ्वी राजमार्गअन्तर्गत काठमाडौंको नागढुंगादेखि चितवनको भरतपुरसम्मको सडक पूर्ण रूपमा बन्द गरिएको छ ।

बाढीले धादिङ जिल्लाका राजमार्ग क्षेत्रसमेत प्रभावित पारेपछि बाढी थप फैलिन सक्ने जोखिमलाई ध्यानमा राख्दै दुवैतर्फबाट सवारी आवागमनमा रोक लगाइएको हो ।

भोटेकोशी बाढीका कारण दर्जनौँ बस्ती तथा बजार क्षेत्र प्रभावित भएका छन् । सडक बन्द भएपछि काठमाडौं र चितवनतर्फ जाने–आउने सवारीसाधनसमेत रोकिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?