काठमाडौं । भोटेकोसी नदीमा आएको ठूलो बाढीले रसुवामा नेपाल विद्युत् प्राधिकरणअन्तर्गतका विभिन्न जलविद्युत् आयोजना तथा विद्युत् गृहमा ठूलो क्षति पुगेको छ ।
बाढीले रसुवागढी, त्रिशूली–३ बी हब, त्रिशूली जलविद्युत्, माथिल्लो त्रिशूली–३ ए र देवीघाटलगायतका विद्युत् गृहमा क्षति पुर्याएको प्राधिकरणले जनाएको छ । क्षतिको यकिन विवरण भने अझै आउन सकेको छैन ।
बाढी प्रभावित क्षेत्रमा कार्यरत केही कर्मचारीको अवस्थासमेत थाहा हुन सकेको छैन । उनीहरूको अवस्था बुझ्न प्राधिकरणले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया