रसुवा बाढी : हालसम्म सरकारी तबरबाट के–के पहल भयो ?

लोकपथ
0
Shares

काठमाडौं । बुधबार बिहान नेपालको उत्तरी नाका रसुवाबाट आएको बाढीले ठूलो धनजनको क्षति गरेको छ । यद्यपि अहिलेसम्म कति क्षति भयो भन्नेबारे कुनै जानकारी प्राप्त भएको छैन ।

प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ ले उद्धार र राहतका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरी परिचालन गरिएको जानकारी दिएका छन् । त्यसैगरी जिल्लाहरुबाट पनि अतिरिक्ति जनशक्ति प्रभावित क्षेत्रतर्फ पठाइएको उनले बताए ।

सामाजिक सञ्जालमा लेख्दै उनले विपद् व्यवस्थापन प्राधिकरण सक्रिय रहेको, मेडिकल टिम, स्काउट रेडक्रस सबैसँग समन्वय हुँदै आवश्यक कदम चाल्नका लागि निर्देशन दिइएको प्रधानमन्त्री बालेनले बताएका छन् ।

यसैगरी सम्बन्धित जिल्लाका तटीय क्षेत्रका नागरिकहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित सीडीओलाई आवश्यक निर्देशन दिइएको छ ।

बालेनले सामाजिक सञ्जालमा लेखेका छन् :

रसुवा बाढी सम्बन्धमा:

1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी परिचालन गरिएको छ अन्य जिल्लाहरू बाट पनि अतिरिक्त जनशक्ति प्रभावित क्षेत्र तर्फ move भैसकेको छ ।

2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय छ, मेडिकल टिम, स्काउट, रेडक्रस सबै सँग समन्वय हुँदै आवश्यक कदम चाल्न भनिएको छ । अतिरिक्त एम्बुलेन्स र मेडिकल जनशक्ति पनि प्रभावित एरियामा पठाउने प्रक्रिया अघि बढिसकेको छ ।

3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन दिईएको छ , sms कल मार्फत जानकारी गराउने सुरक्षित स्थानमा जान अलर्ट गरिएको छ ।

4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको छ । निजी हेलिकप्टर कम्पनीहरूलाई पनि हेलिकप्टरहरु standby राख्न जानकारी गराइएको छ।

5. अबको केही बेरमा आगामी आवश्यक कदमहरू चाल्न उच्च स्तरीय बैठक बोलाइएको छ ।

6. सबै जना सुरक्षित स्थानमा बस्नुहोला र आफन्तहरू सँग सम्पर्क नभएमा हाम्रो निकायहरूको रेस्क्यु अपडेट कुर्नुहोला । १२३४ नम्बरमा सम्पर्क गरी अन्य जानकारी र राहत बारे बुझ्न सकिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?