सुनको मूल्य स्थिर, चाँदीको घट्दा तोलाको कति ?

लोकपथ
49
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मूल्य घटेको छ ।

हिजो अर्थात् सोमबार प्रतितोला १ हजार ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख ६ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार पनि सुन सोही मूल्यमा किनबेच भएको थियो ।

यसैगरी, मंगलबार चाँदीको मूल्य भने घटेको छ ।

सोमबार प्रतितोला ४ हजार ७७० रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला ४ हजार ७५५ रुपैयाँमा किनबेच भइरहेको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ घटेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?