सांग्रिला डेभलपमेन्ट बैंकले १०.५२ प्रतिशत लाभांश दिने

लोकपथ
7
Shares

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट शेयरधनीलाई कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

भदौ १ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले चुक्ता पुँजी ३ अर्ब ७३ करोड ४० लाख ६८ हजार ५०५ रुपैयाँको ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको हो ।

यसअनुसार बैंकले शेयरधनीलाई ४ प्रतिशत बोनस शेयर र ६.५२६३ प्रतिशत नगद लाभांश गरी कुल १०.५२६३ प्रतिशत लाभांश वितरण गर्नेछ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि शेयरधनीले प्राप्त गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?