फर्स्ट माइक्रोफाइनान्सको खुद नाफा ७३ प्रतिशतले बढ्यो, ईपीएस कति ?

लोकपथ
0
Shares

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले खुद नाफा ७३ प्रतिशतले बढाएको छ ।

लघुवित्तले सार्वजनिक गरेको असार मसान्तसम्मको वित्तीय विवरण अनुसार लघुवित्तको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ७३.६४ प्रतिशतले बढेको हो ।

यस अवधिमा लघुवित्तले कुल १९ करोड ७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । लघुवित्तले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १० करोड ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी २१ करोड १६ लाख रुपैयाँबाट बढेर २२ करोड ७४ लाख रुपैयाँ पुगेको छ । लघुवित्तको सञ्चालन नाफा पनि १५ करोड ७६ लाख रुपैयाँबाट बढेर २७ करोड २७ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, गत आर्थिक वर्षको अन्त्यसम्म लघुवित्तको वितरणयोग्य नाफा ५०।७६ प्रतिशतले बढेर १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । यस अवधिमा लघुवित्तको प्रतिसेयर आम्दानी (ईपीएस) ३ रुपैयाँ ४१ पैसाले बढेर १० रुपैयाँ १३ पैसा पुगेको छ ।

यस अवधिमा लघुवित्तको खराब कर्जा ३.८४ प्रतिशतबाट घटेर २.८८ प्रतिशतमा झरेको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको ‘कस्ट अफ फन्ड्स’ ६.२२ प्रतिशतबाट घटेर ४.७५ प्रतिशतमा झरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?