नेशनल लाइफको जीवन बीमा कोष १ खर्ब नाघ्यो, बीमाशुल्क आर्जन १४ प्रतिशतले बढ्यो

लोकपथ
42
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बीमा कोषको आकार १ खर्ब रुपैयाँ नाघेको छ । आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म कम्पनीको जीवन बीमा कोष १०.३५ प्रतिशतले वृद्धि हुँदै १ खर्ब ३ अर्ब ७१ करोड ४१ लाख रुपैयाँ पुगेको हो ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा ९३ अर्ब ९८ करोड ७७ लाख रुपैयाँ रहेको थियो ।

कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार समीक्षा अवधिमा कुल बीमाशुल्क आर्जन १३.८६ प्रतिशतले बढेको छ । कम्पनीले २४ अर्ब ८४ करोड ६६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा यस्तो रकम २१ अर्ब ८२ करोड २१ लाख रुपैयाँ थियो । त्यस्तै, कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १२.५१ प्रतिशतले वृद्धि भएर २४ अर्ब १५ करोड ८७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष कम्पनीको खुद बीमाशुल्क आर्जन २१ अर्ब ४७ करोड २७ लाख रुपैयाँ रहेको थियो ।

पुनर्बीमा खर्च करिब दोब्बर

समीक्षा अवधिमा नेशनल लाइफले पुनर्बीमातर्फ ६८ करोड ७९ लाख रुपैयाँ खर्च गरेको छ । यो अघिल्लो आर्थिक वर्षको ३४ करोड ९३ लाख रुपैयाँको तुलनामा ९६.८९ प्रतिशत बढी हो ।

नाफामा भने गिरावट

बीमा व्यवसाय विस्तार भए पनि कम्पनीको खुद नाफा भने घटेको छ । आर्थिक वर्ष २०८२/८३ मा कम्पनीले ३७ करोड ६ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो आर्थिक वर्षको ४१ करोड २८ लाख रुपैयाँको तुलनामा १०.२३ प्रतिशत कम हो ।

यस अवधिमा अभिकर्ता कमिसन खर्च ३.९३ प्रतिशतले बढेर २ अर्ब २६ करोड ९९ लाख रुपैयाँ पुगेको छ ।

चुक्ता पुँजी ५ अर्ब ६९ करोड

कम्पनीको चुक्ता पुँजी ४ प्रतिशतले बढेर ५ अर्ब ६९ करोड १६ लाख रुपैयाँ पुगेको छ। शेयर प्रिमियम २ करोड ७८ लाख रुपैयाँमा यथावत रहेको छ ।

कम्पनीको महाविपत्ति कोष ५.४२ प्रतिशतले बढेर ७४ करोड ५९ लाख रुपैयाँ पुगेको छ । यता रिटेन्ड अर्निङ ४३.७६ प्रतिशतले घटेर ४८ करोड ९८ लाख रुपैयाँ तथा अन्य इक्विटी २७.२४ प्रतिशतले घटेर ३१ करोड ५६ लाख रुपैयाँमा सीमित भएको छ ।

EPS ६ रुपैयाँ ६४ पैसा

वित्तीय विवरणअनुसार समीक्षा वर्षमा कम्पनीको प्रतिशेयर आम्दानी (EPS) ६ रुपैयाँ ६४ पैसा कायम भएको छ । प्रतिशेयर नेटवर्थ अर्थात् बुक भ्यालु १२७ रुपैयाँ ७५ पैसा रहेको छ ।

यस अवधिमा पोलिसी होल्डर्स लोन १२ अर्ब ३३ करोड २५ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, भुक्तानी हुन बाँकी दाबी रकम २ अर्ब ४८ करोड ८२ लाख रुपैयाँ रहेको छ ।

यसरी बीमा व्यवसाय तथा जीवन बीमा कोषमा उल्लेख्य वृद्धि हासिल गरेको नेशनल लाइफको नाफामा भने समीक्षा अवधिमा गिरावट देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?