काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंकको दैनिक कार्य सञ्चालनमा कुनै जटिलता हुने अवस्था नआएको स्पष्ट पारेको छ ।
स्मार्ट टेलिकम जग्गा प्रकरणमा बैंकका अध्यक्ष, सञ्चालकहरु र प्रमुख कार्यकारी अधिकृत (सीईओ) विरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ ।
बैंकका जिम्मेवार पदाधिकारीहरुविरुद्ध मुद्दा परेपछि राष्ट्र बैंकले अनुगमन गरेको थियो ।
अनुगमनपश्चात बैंकको अवस्था राष्ट्र बैंकले तोकेको मापदण्ड अनुसार नै रहेको भन्दै दैनिक कार्य सञ्चालनमा कुनै प्रकारको जटिलता उत्पन्न हुने अवस्था नदेखिएको बताएको छ ।
‘हाल उक्त बैंकको तरलताको अवस्था लगायत वित्तीय सबलताका परिसूचकहरु यस बैंकले तोकेको मापदण्डबमोजिक सन्तोषजनक रहेको हुँदा बैंकको दैनिक कार्य सञ्चालनमा कुनै पनि प्रकारको जटिलता उत्पन्न हुने अवस्था देखिएको छैन,’ राष्ट्र बैंकले भनेको छ ।

यता बैंकले पनि विज्ञप्ति जारी गर्दै उक्त घटनाले बैंकको नियमित बैंकिङ कारोबार, ग्राहक तथा दैनिक कार्यसम्पादनमा कुनै पनि अवरोध सिर्जना नभएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया