काठमाडौं । आर्थिक वर्ष २०८२/८३ मा मुक्तिनाथ विकास बैंकले १ अर्ब ५१ करोड ८३ लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
आर्थिक वर्ष २०८१/८२ मा बैंकको खुद नाफा १ अर्ब ३५ करोड ३ लाख ६० हजार रुपैयाँ थियो । यस वर्ष अघिल्लो वर्षको तुलनामा १२.४४ प्रतिशतले बढी हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि बढेको छ । बैंकले ३.६३ प्रतिशतले वृद्धि गर्दै ४ अर्ब ७४ करोड ३८ लाख ४९ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ ।
अघिल्लो वर्ष यस्तो आम्दानी ४ अर्ब ५७ करोड ७४ लाख ९० हजार रुपैयाँ थियो ।
बैंकको कुल सञ्चालन आम्दानी ५ अर्ब ३९ करोड ८२ लाख ७ हजार रुपैयाँ पुगेको छ । त्यस्तै, सञ्चालन नाफा २ अर्ब ४२ करोड २७ लाख ७ हजार रुपैयाँ रहेको छ । अघिल्लो वर्ष कुल सञ्चालन आम्दानी ५ अर्ब १९ करोड ५८ लाख ६५ हजार र सञ्चालन नाफा २ अर्ब १ करोड ५० लाख ५४ हजार रुपैयाँ थियो ।
यता, खुद शुल्क तथा कमिसन आम्दानी भने केही घटेको छ । गत वर्ष बैंकले ५४ करोड ९८ लाख १७ हजार रुपैयाँ खुद शुल्क तथा कमिसन आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी ५५ करोड ८१ लाख ७२ हजार रुपैयाँ रहेको थियो ।
बैंकको वितरणयोग्य नाफा भने उल्लेख्य रुपमा घटेको छ । गत आर्थिक वर्षमा वितरणयोग्य नाफा ६७ करोड ५७ लाख ५६ हजार रुपैयाँमा सीमित भएको छ । यसअनुसार बैंकको लाभांश वितरण क्षमता ८.४५ प्रतिशत रहेको छ । अघिल्लो वर्ष बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ४१ लाख २ हजार रुपैयाँ र लाभांश क्षमता १९.२२ प्रतिशत थियो ।
८ अर्ब ३ करोड ८९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा ४ अर्ब २७ करोड २ लाख ७१ हजार रुपैयाँ सञ्चित छ ।
निक्षेप तथा कर्जा लगानीतर्फ पनि बैंकले वृद्धि गरेको छ ।
गत असारसम्म बैंकको निक्षेप संकलन ५.२० प्रतिशतले बढेर १ खर्ब २३ अर्ब ५३ करोड ९४ लाख रुपैयाँ पुगेको छ ।
कर्जा लगानी भने ३.३७ प्रतिशतले वृद्धि भई १ खर्ब ५० करोड ८८ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष बैंकले १ खर्ब १७ अर्ब ४३ करोड ७ लाख रुपैयाँ निक्षेप संकलन गरी ९७ अर्ब २२ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।
गत असारसम्म बैंकको निक्षेप–कर्जा अनुपात ८३.८६ प्रतिशत रहेको छ ।
बैंकको प्रतिशेयर आम्दानी भने घटेको छ । अघिल्लो आर्थिक वर्ष १९.१६ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी गत वर्ष १८.९८ रुपैयाँमा झरेको छ । बैंकको मूल्य–आम्दानी अनुपात १९.१३ गुणा र प्रतिसेयर नेटवर्थ १६१.६२ रुपैयाँ रहेको छ ।
यसैबिच, बैंकको खराब कर्जा बढेको छ । अघिल्लो वर्ष २.९७ प्रतिशत रहेको निष्क्रिय कर्जा गत आर्थिक वर्षमा बढेर ४.७७ प्रतिशत पुगेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया