काठमाडौं । नेपाली बजारमा आज सुनको घटको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ हजार २ सय रुपैयाँले घटेको हो ।
अघिल्लो दिन ३ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज १२ सय रुपैयाँले घटेर ३ लाख ६ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ३५ रुपैयाँले घटेको हो । अघिल्लो दिन ४ हजार ७८० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर ४ हजार ७४५ रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया