घट्यो सुनको मूल्य, बढ्यो चाँदी

लोकपथ
189
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन ३ लाख १ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज २ सय रुपैयाँले घटेर ३ लाख १ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य भने आज तोलामा २५ रुपैयाँ बढेको छ । हिजो ४ हजार ६४५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४ हजार ६७० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?