काठमाडौं । स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ८ हजार रुपैयाँले बढेको हो ।
अघिल्लो दिन २ लाख ८८ हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज प्रतितोला ८ हजार रुपैयाँले बढेर २ लाख ९६ हजारमा कारोबार भइरहेको छ ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतिोला ९५ रुपैयाँले बढेको हो । अघिल्लो दिन ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला ९५ रुपैयाँले बढेर ४ हजार ५७० रुपैयाँमा कारोबार भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया