सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो

लोकपथ
392
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो ।

अघिल्लो दिन २ लाख ८४ हजार रुपैयाँमा बारोबार कारोबार भएको सुनको मूल्य आज प्रतितोला २ सय रुपैयाँले घटेर २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । महासंघका अनुसार आज छापावाल चाँदी प्रतितोला ३० रुपैयाँले घटेको हो ।

सोमबार ४ हजार ३५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ३० रुपैयाँले बढेर ४ हजार ३८० रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?