नागपोखरीबाट लागुऔषधसहित ४ जना सशस्त्र प्रहरीको नियन्त्रणमा

लोकपथ
252
Shares

काठमाडौं । काठमाडौंको नागपोखरीबाट सशस्त्र प्रहरीले विभिन्न लागुऔषधसहित ४ जनालाई नियन्त्रणमा लिएको छ ।

सशस्त्रको टोलीले २९६.७५ ग्राम ब्राउनसुगर, २ सय २० चक्की ट्रामाडोल र १ सय ३० नाईट्रोभेट क्याप्सुलसहित चार जनालाई नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा एपीएफ ईन्टेलिजेन्स ब्यूरोबाट खटिएको टोलीले सोही ठाउँ बस्ने ४३ वर्षीय प्रभात तिवारी, काठमाडौं महानगरपालिका–१४ बल्खु बस्ने भुपेन्द्र श्रेष्ठ, सर्लाही जिल्लाको मलंगवा नगरपालिका–८ का सुजन रायमाझी र ललितपुर जिल्ला बाग्डोल–४ बस्ने ५१ बर्षिय सविन श्रेष्ठलाई नियन्त्रणमा लिएको हो ।

उनीहरुको साथबाट १ लाख ९८ हजार ३ सय ७५ नेपाली रुपैयाँ, १ हजार जापानी येनसहित अन्य विदेशी मुद्रा, २ वटा संचार सेट, ३ थान ल्यापटप, १ थान प्रिन्टर, ४ थान मोबाईल सेट, लागूऔषधमा मिसाउने केमिकल २२ बोतल समेत बरामद भएको छ ।

उनीहरुले प्रयोग गरेको बा ७ च ५१८० नम्बरको गाडी समेत नियन्त्रणमा लिईएको छ ।

पक्राउ परेका प्रभात तिवारी लागूऔषध मुद्दाका फरार अभियुक्त भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?