काठमाडौं । पछिल्लो समय सामाजिक सञ्जालमा चर्चामा रहेकी वेदिका केसीलाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाल प्रहरीको साइबर ब्यूरोले बिहीबार केसीलाई काठमाडौंको जोरपाटीबाट पक्राउ गरेको हो ।
कथा बाचिका राधिका दासीको उजुरीका आधारमा केसीलाई पक्राउ गरिएको साइबर ब्यूरोका एक प्रहरी अधिकारीले लोकपथलाई जानकारी दिए ।
उनलाई थुनामा राखेर अनुसन्धान गर्न काठमाडौं जिल्ला अदालतले एक दिनको म्याद थप गरेको छ ।
सामाजिक सञ्जालमा राधिका दासीविरुद्ध विभिन्न आक्षेप लगाउँदै भिडियो संप्रेषण गर्दै आइरहेकी थिइन् । पक्राउ परेकी केसीले आफूलाई धार्मिक अभियन्ता बताउँने गर्छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया