काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आज नेपाल हस्तकला महासंघका पदाधिकारी तथा प्रतिनिधिहरूसँग हस्तकला क्षेत्रको विकास, प्रवर्द्धन र निर्यात विस्तारका विषयमा छलफल गर्ने भएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बिहान ११ः३० बजे हुने छलफलमा नेपालको हस्तकला उद्योगको वर्तमान अवस्था, उत्पादन तथा बजार विस्तार, निर्यात प्रवर्द्धन र यस क्षेत्रका समस्या तथा समाधानका उपायबारे विचार–विमर्श हुने जनाइएको छ ।
छलफलमा नेपाल हस्तकला महासंघका अध्यक्ष रविन्द्र शाक्य, वरिष्ठ उपाध्यक्ष राजमान बज्राचार्य, उपाध्यक्ष किरण कुमार स्थापित, सल्लाहकार विकास रत्न ढाक्वा तथा शीर्ष निर्यातकर्ता महेश्वर श्रेष्ठ सहभागी हुनेछन् ।
सरकार र निजी क्षेत्रबीचको सहकार्यलाई थप प्रभावकारी बनाउँदै नेपाली हस्तकलाको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजार विस्तारका लागि आवश्यक नीतिगत सहयोगबारे पनि बैठकमा छलफल हुने अपेक्षा गरिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया