काठमाडौं । काठमाडौंको कीर्तिपुर नगरपालिकास्थित ट्याङ्लाफाँटमा बा ५ च ३०३८ नम्बरको गुडिरहेको एक निजी कारमा अचानक आगलागी हुँदा चालकको जलेर मृत्यु भएको छ । सिट बेल्ट बाँधेको अवस्थामै जलेको र मृत अवस्थामा फेला पारिएका मृतक चालकको सनाखत हुन बाँकी रहेको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दिलीप घिमिरेका अनुसार, कारमा एक्कासि आगो लागेपछि चालक बाहिर निस्कन नपाउँदा उनको गाडीभित्रै मृत्यु भएको हो ।
घटनाको जानकारी पाएलगत्तै स्थानीय बासिन्दा र प्रहरीले फायर एक्स्टिङ्गुइसर (आगो निभाउने उपकरण) को प्रयोग गरी आगो निभाउने प्रयास गरेका थिए । आगो निभाउने काम भइरहँदा घटनास्थलमा दमकल समेत पुगेको थियो ।
गाडीमा कसरी आगो लाग्यो भन्ने सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया