कर प्रणालीमा आबद्ध नागरिकलाई लखपति बनाउने सरकारको नयाँ योजना : सक्कली बिल लिनुहोस्, लखपति बन्नुहोस् !

लोकपथ
14
Shares

काठमाडौं । सरकारले कर प्रणालीमा आबद्ध नागरिकलाई प्रोत्साहन गर्ने उद्देश्यले नयाँ लखपति योजना ल्याउने तयारी गरेको छ ।

योजनाअन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) र स्थायी लेखा नम्बर (प्यान) मा आबद्ध भएका नागरिकले दैनिक उपभोग्य वस्तु तथा सेवाको खरिद गर्दा लिएको बिलमार्फत पुरस्कार जित्न सक्नेछन् ।

सरकारका अनुसार एक सय रुपैयाँभन्दा बढीको कारोबार गर्दा अनलाइन वा नगद भुक्तानी गरी सक्कली बिल लिएका नागरिक यो योजनामा सहभागी हुन पाउनेछन् ।

खरिद गरेको सामान, होटल वा रेस्टुरेन्ट सेवाको भुक्तानीपछि प्राप्त बिल नम्बर नै लखपति योजनामा सहभागी हुने आधार हुनेछ ।

सरकारले उपभोक्तालाई अनिवार्य रूपमा बिल लिन प्रोत्साहित गर्दै कर प्रणालीलाई थप व्यवस्थित र पारदर्शी बनाउन यस्तो योजना ल्याउन लागेको हो ।

योजनाअन्तर्गत प्रत्येक महिनाको १६ गते र महिनाको अन्तिम दिन गरी महिनामा दुई पटक लखपति विजेता घोषणा गर्ने तयारी गरिएको छ ।

सरकारले यो योजनामार्फत उपभोक्तालाई बिल लिन प्रेरित गर्नुका साथै कर संकलन प्रक्रियालाई प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?