नयाँ बानेश्वरको कोलकत्ता स्वीट्सको मिठाइमा साङ्गो भेटियो !

लोकपथ
98
Shares

काठमाडौं । नयाँ बानेश्वरस्थित कोलकत्ता स्वीट्सका नामले परिचित वैदिक फुड प्रालिको मिठाइमा साङ्गो भेटिएपछि कारबाही गरिएको छ ।

उपभोक्ताको गुनासोपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले अनुगमन गरेको थियो । मिठाइ पसलको अनुगमन गर्दा मिठाइ बनाउने भान्सामा खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण गरिएको, कीट नियन्त्रण पर्याप्त व्यवस्था नभएको र नियन्त्रण गरेको अभिलेख नभएको समेत पाइएको विभागकी प्रवक्ता डा. बालकुमारी शर्माले जानकारी दिइन् ।

यसैगरी स्टोर रुम र फ्रिजमा खाद्य पदार्थ अव्यवस्थित तरिकाले भण्डारण गरेको तथा कृतिम रंगको प्रयोग गरेको समेत पाइएको शर्माले बताइन् ।

मिठाइ भण्डारलाई खाद्य पदार्थको लेबल लगाएर व्यवस्थित तरिकाले छोपेर भण्डारण गर्न, कीट नियन्त्रणका लागि तुरुन्त व्यवस्था मिलाइ सुधारको प्रमाण विभागमा पेस गर्न, स्टोर रुममा खाद्य पदार्थ भण्डारण गर्दा छोपेर व्यवस्थित तरिकाले भण्डारण गर्न, कृतिम रंगको प्रयोग गर्दा सोप अर्थात् स्ट्याण्डर्ड अपरेटिङ प्रोसुडियर अनुसार राख्न भनिएको छ ।

यसैगरी विभागले काठमाडौं महानगरपालिका–३१ मध्ये बानेश्वरमा रहेको सिटिउड एण्ड वेभरेजमा समेत अनुगमन गरेको छ । अनुगमनका क्रममा सरसफाइको अवस्था सन्तोषजनक रहेको, कामदारको व्यक्तिगत सरसफाई अन्तर्गत हायरनेट तथा पोसाक लगाएको पाइएको छ । तर सोकेसमा बेकरीजन्य खाद्य पदार्थको उपभोग्य मिति उल्लेख भएको लेबल नभएको पाइएको छ । उक्त संस्थालाई सोकेसमा बेकरीजन्य खाद्य पदार्थ भण्डारण गर्दा उत्पादन मिति र उपभोग्य मिति खुल्ने लेबल लगाउन आवश्यक निर्देशन दिइएको विभागकी प्रवक्ता शर्माले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?