दाह्रा काटेपछि धुर्बे निकुञ्जभित्रै

लोकपथ
70
Shares

चितवन । दाह्रा काटेपछि धुर्बे निकुञ्जभित्रै बस्न थालेको छ । धुर्बे जंगली हात्ती हो । यो चितवन राष्ट्रिय निकुञ्जभित्र बस्दै आएको छ ।

हात्तीले गत असार २० गते एकै परिवारका दुई जनाको ज्यान लिएको थियो । असार ३१ गते राति ध्रुर्वेलाई सुखीभार पोष्ट नजिक डार्ट गरेर दुई वटा दाह्रा काटिएको हो । धुर्बेको गलामा आधुनिक रेडियो कलर जडान गरिएको छ । जडान गरिएको रेडियो कलरबाट प्रत्येक १० मिनेटमा सूचना संकलन भइरहेको छ ।

दुई दिनअघि चितवन राष्ट्रिय निकुञ्जबाट सीतामाई नजिक जान लागेको भए पनि पुनःफर्किएर चुरेको फेदितर्फ पुगेको निकुञ्जका सूचना अधिकारी अविनास थापामगरले जानकारी दिए ।

बस्ती पसेको सूचना आएमा तुरुन्तै मध्यवर्ती उपभोक्ता समिति, सामुदायिक वन, वडा कार्यालय, स्थानीय टोललगायतलाई सूचना दिने र सँगै निकुञ्ज सुरक्षा निकायको गस्ती स्थलगत पुगेर निकुञ्जतर्फ धपाउने गरी तयारी गरिएको छ ।

निकुञ्जभित्र ४५ देखि ५० वटा हात्ती छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?