कुलेश्वरमा गोली चलाएर प्रहरीले लियो दुई लागुऔषध कारोबारी नियन्त्रणमा

लोकपथ
161
Shares

काठमाडौं । प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ ।

लागुऔषध नियन्त्रण ब्यूरोले आइतबार दिउँसो कुलेश्वरमा गोली प्रहार गरी २ जना लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा एक नेपाली र एक भारतीय रहेका छन् ।

प्रहरीले उनीहरुलाई कुलेश्वरको पुल नजिकै गोली प्रहार गरेको हो । विशेष सूचनाका आधारमा त्यहाँ पुगेको प्रहरी टोलीमा ब्यूरोका इन्स्पेक्टर राकेश यादवसहितको टोली खटिएको थियो ।

उनीहरुको साथबाट ठूलो परिणाममा लागुऔषध बरामद गरिएको छ । गोली प्रहारबाट घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा गोली लागेको छ ।

थप विवरण आउन बाँकी…

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?