राष्ट्रपतिद्वारा चार विधेयक प्रमाणीकरण

लोकपथ
700
Shares

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदबाट पारित भएका चार वटा विधेयक प्रमाणीकरण गरेका छन् ।

राष्ट्रपति कार्यालय शीतल निवासका अनुसार प्रमाणीकरण भएका विधेयकमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक रहेका छन् ।

यी विधेयकहरू संघीय संसदबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपति समक्ष पेश गरिएका थियो ।

राष्ट्रपतिबाट प्रमाणीकरण भएसँगै सम्बन्धित विधेयकहरू अब कानुन कार्यान्वयन प्रक्रियामा अघि बढ्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?