काठमाडौं । नेपालमा व्यवसायीक रुपमा सफल देखिएको राइड सेयरिङ प्लेटफर्म ‘इन्ड्राइभ नेपाल’ ले यात्रालाई थप सुरक्षित बनाउन चालकलाई तालिमको व्यवस्था गरेको छ ।
इन्ड्राइभले यात्रालाई सुरक्षित र थप सुदृढ बनाउने उद्देश्यका साथ ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ सार्वजनिक गरेको छ । मोबाइलमै सहज रूपमा अध्ययन गर्न मिल्ने गरी तयार गरिएको यो संरचित तालिम कार्यक्रमले ड्राइभर पार्टनरहरूलाई सडकमा तथा प्रत्येक यात्रामा सुरक्षित रूपमा अघि बढ्न आवश्यक ज्ञान, सीप र आत्मविश्वास प्रदान गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार ‘सेफ ड्राइभिङ अनलाइन कोर्स’ हाल सञ्चालनमा आइसकेको छ भने धेरै चालकहरूले कोर्स पूरा गरिसकेका छन् । अब यो कोर्स नेपालभरिका १ लाखभन्दा बढी इनड्राइभ चालकहरूसम्म पुर्याउने लक्ष्य राखिएको बताइएको छ ।
चालकहरूको सहजतालाई ध्यानमा राखेर तयार गरिएको कोर्स
ड्राइभर पार्टनरहरू निरन्तर यात्रामा रहने यथार्थलाई ध्यानमा राख्दै इनड्राइभ नेपालले यो कोर्स छोटो, व्यावहारिक र सजिलै पहुँचयोग्य बनाएको जनाएको छ । करिब २० मिनेटमै पूरा गर्न सकिने यो कोर्स चालकहरूको समय र व्यस्ततालाई मध्यनजर गर्दै डिजाइन गरिएको हो ।
इन्ड्राइभले कोर्षलाई निम्न भागमा विभाजन गरेको छ :
कोर्स A- अन–प्ल्याटफर्म सुरक्षा र व्यावसायिक सीमाहरू
यो मोड्युलले चालकहरूले प्लेटफर्मभित्र यात्रुहरूसँग सुरक्षित, सम्मानजनक र व्यावसायिक व्यवहार कसरी कायम राख्ने भन्ने विषयमा केन्द्रित छ । साथै, यात्राका क्रममा आवश्यक व्यावसायिक सीमा निर्धारण गर्ने र त्यसलाई कायम राख्ने विषयहरू पनि समेटिएको छ ।
कोर्स B- राइड–हेलिङका लागि सडक सुरक्षा सम्बन्धी आधारभूत ज्ञान
यो मोड्युल राइड–हेलिङ सेवाको वास्तविक अवस्थालाई ध्यानमा राखेर तयार गरिएको हो । यसमा रक्षात्मक ड्राइभिङ बानी, ट्राफिक बढी हुने क्षेत्र वा अपरिचित स्थानमा अपनाउनुपर्ने सतर्कता तथा व्यवहारिक सडक सुरक्षा सम्बन्धी ज्ञान समावेश गरिएको छ ।
कोर्स C- आपत्कालीन अवस्था, रिपोर्टिङ र SOS प्रयोगः
यो मोड्युलले चालकहरूलाई आपत्कालीन अवस्थामा शान्त र प्रभावकारी रूपमा प्रतिक्रिया दिन तयार पार्ने उद्देश्य राखेको छ । यसमा इनड्राइभएपभित्र उपलब्ध SOS सुविधा कसरी प्रयोग गर्ने तथा कुनै घटना भएमा सही रिपोर्टिङ च्यानल कसरी अपनाउने भन्ने विषय समावेश छ ।
प्रत्येक मोड्युलमा पाँच मिनेटको शैक्षिक भिडियो र पाँचवटा बुझाइसम्बन्धी प्रश्नहरू समावेश छन्, जसले सिकाइलाई सरल, केन्द्रित र प्रभावकारी बनाउँछ । सेफ ड्राइभिङ अनलाइन कोर्स पूरा भएको प्रमाणपत्र प्राप्त गर्न चालकहरूले सबै मोड्युलका प्रश्नहरूमा कम्तीमा ८० प्रतिशत सही उत्तर दिनुपर्नेछ । पहिलो प्रयासमा पास नभए पनि चालकहरूले कुनै सीमाविना पुनः क्विज दिन सक्नेछन् ।
कम्पनीले चालकहरुलाई एप प्रयोग गर्न मात्र नभएर सडकमा आइपर्ने समस्याहरुमा आत्मविश्वासी बनाउँदै समाधानतर्फ लाग्न सक्ने बनाउने इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेसन स्पेशलिस्ट सुनिता जीमी राईले बताइन् ।
‘हामी हाम्रा चालकहरूलाई एप प्रयोग गर्दा मात्र होइन, सडकमा आइपर्न सक्ने हरेक परिस्थितिमा आत्मविश्वासी, तयार र सहयोग प्राप्त भएको महसुस गराउन चाहन्छौं,’ राईले भनिन्, ‘यो कोर्स केवल नियम पालना गर्नका लागि मात्र होइन । यो हाम्रा ड्राइभर पार्टनरहरूलाई चालक र यात्रु दुवैको सुरक्षाका लागि वास्तविक रूपमा प्रयोग गर्न सकिने उपकरण र ज्ञान प्रदान गर्ने पहल हो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया