पर्यटनमन्त्री पौडेलले भने– ‘हवाई क्षेत्रमा धेरै चिज ‘कम्प्लिकेट’ रहेछ’

लोकपथ
7
Shares

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले नेपालको हवाई क्षेत्रमा सरकार आफैँले लगानी गरेर अघि बढाउन सक्ने अवस्था नरहेको बताएका छन् ।

सोमबार मन्त्रालयमा आयोजित नेपाली हवाई उद्योगको आर्थिक स्थायित्व र सुरक्षासम्बन्धी संवाद कार्यक्रममा मन्त्री पौडेलले यस्तो बताएका हुन् ।

मन्त्री पौडेलले नेपालको हवाई उद्योगलाई सुदृढ नगरी मुलुकको उन्नयन सम्भव नहुने भएकाले सरकारले त्यस क्षेत्रको विकासका लागि सम्बन्धित पक्षसँगको बहसलाई केन्द्रित गरेर अघि बढ्ने योजना बनाएको बताए ।

हवाई उद्योग सुदृढ नभई नेपालको पर्यटन क्षेत्रको विकास नहुने र त्यसो नहुँदा राष्ट्रको उन्नति पनि नहुने अवस्था रहेको मन्त्री पौडेलको निष्कर्ष थियो । ईयूको आकाशमा उडानमा लगाइएको प्रतिबन्ध हटाउने विषयमा पनि सरकारले नीतिगत, कानुनी र सुरक्षासँग सम्बन्धित मापदण्ड पूरा गर्दै लैजाने कामलाई अघि बढाएकोल दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?