युवतीहरुसँगको अन्तरंग म्याजेस भाइरल भएपछि गायक सुजन चापागाईँले मागे माफी

लोकपथ
1k
Shares

काठमाडौं । पछिल्लो समयका चर्चित एवं युवाहरुमाझ निकै नै लोकप्रीय गायक सुजन चापागाईँ विवादमा तानिएका छन् ।

युवतीहरुसँगको अन्तरंग म्यासेजहरु बाहिरिएपछि उनले माफी समेत मागे ।

सुजनसहितको ‘सुजन चापागाईँ एण्ड दि ईन्फिनिटि’ म्यूजिकल टूरका शिलशिलामा अष्ट्रेलियामा रहेका छन् ।

यसैबेला युवतीहरुसँग गरिएको गोप्य म्याजेसहरु फेसबुकदेखि इन्स्टाग्रामसम्म छताछुल्ल बनेपछि उनले सामाजिक सञ्जाल फेसबुकबाट माफी मागेका हुन् ।

एक विज्ञप्ति निकाल्दै उनले ती म्यासेजहरु सत्य रहेको दाबी गरेका छन् तर कानुनी उपचारमा जाने चेतावनी समेत दिएका छन् ।

‘विगतमा मसँग निकट सम्बन्धमा रहेका अनि मैले नजिक ठानेका साथीहरुसँग मेसेज आदानप्रदान गरेको कुरा सत्य हो । जसबाट उत्पन्न भएको दुखद परिस्थितिको निम्ति म अन्तरहृदयदेखि नै माफी माग्न चाहन्छु । तर जेजति सामग्रीहरु सोसियल मिडियामा आएका छन् ती सबैका सबैप्रति म अनविज्ञ छु,’ उनले भनेका छन् ।

यसैगरी आफूप्रति गरिएको भरोसा टुट्न नदिने समेत बचन दिएका छन् ।

यता सामाजिक सञ्जालमा युवतीहरुले आफूलाई गलत मनसाय राखेर म्यासेजहरु गरिएको दाबीसहित म्यासेजहरु सार्वजनिक गर्न थालेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?