इलाम । पहिरोको कारण मेची राजमार्ग अवरुद्ध भएको छ ।
इलाम नगरपालिका–९ स्थित माईखोलाको गोलाखर्क–राजदुवाली सडकखण्डमा सडकमाथिबाट लेदोसहितको पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको हो ।
त्यसैगरी, रोङ गाउँपालिका–४ को इलाम–झापा सीमाक्षेत्रमा ढिस्को खस्नुका साथै दुई वटा रूख सडकमा ढलेपछि सो क्षेत्रको यातायातसमेत अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
सडक अवरुद्ध भएपछि इलाम, पाँचथर, ताप्लेजुङ र झापाबीच आवतजावत गर्ने यात्रु तथा सवारीसाधन प्रभावित भएका छन्। विभिन्न स्थानमा सवारी साधन बीच बाटोमै रोकिँदा यात्रुहरू समस्यामा परेका छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार सडक खुलाउने प्रयास भइरहेको छ । वर्षा जारी रहेकाले पहिरो हटाउने कार्यमा थप चुनौती देखिएको जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया