छोराको कुटपिटबाट आमाको मृत्यु, छोरा पक्राउ

लोकपथ
98
Shares

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–९ भातेढिकुर भन्ने स्थानमा छोरीको कुटपिटबाट आमाको मृत्यु भएको छ ।

शुक्रबार साँझ करिब ७ः४५ बजेको समयमा उदयपुरको कटारी नगरपालिका(५ घर भई हाल भातेढिकुर बस्दै आएकी ४० वर्षीया मेघिया चौधरीलाई उनका २४ वर्षीय छोरा किरण चौधरीले कुटपिट गरेका थिए ।

गम्भीर घाइते भएकी चौधरीलाई सूर्यविनायक नगर अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि वीर अस्पताल हुँदै पाटन अस्पताल पुर्‍याइएको थियो ।

उनको शुक्रबार राति ११ बजे चिकित्सकले मृत घोषणा गरेका हुन् ।

घटनामा संलग्न मृतककै छोरा किरण चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?