टेम्पो भीरबाट खसेको घटना छानबिन गर्न प्रदेश सरकारद्वारा समिति गठन

लोकपथ
14
Shares

धनगढी । कैलालीको गोदावरी नगरपालिका–४ गाइमारे चुरे वन क्षेत्रमा अतिक्रमण हटाउने क्रममा टेम्पो भीरबाट खसेको घटनाबारे छानबिन गर्न सुदूरपश्चिम प्रदेश सरकारले समिति गठन गरेको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको हो । समितिलाई घटनाको वास्तविकता पत्ता लगाई सात दिनभित्र प्रतिवेदन बुझाउन निर्देशन दिइएको छ ।

डिभिजन वन कार्यालय कैलालीले अतिक्रमण हटाउने अभियान चलाइरहेका बेला शुक्रबार गोदावरी सामुदायिक वन क्षेत्रमा टेम्पो भीरबाट खसेको थियो । घटनाको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि सरकारको आलोचना भएको छ ।

छानबिन समितिमा जिल्ला प्रशासन कार्यालय कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी, वन कार्यालयका वरिष्ठ अधिकारी, यातायात कार्यालयका इन्जिनियर र मन्त्रालयका कानुन अधिकृत सदस्य रहेका छन् ।

प्रदेश सरकारले छानबिन प्रतिवेदनका आधारमा आवश्यक कारबाही गर्ने जनाएको छ ।

यसअघि वन कार्यालय प्रमुखले टेम्पो नियतवश नखसाइएको बताएका थिए भने घटनामा संलग्न कर्मचारीहरू प्रहरीको निगरानीमा रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?