एकैदिन ५ हजारले बढ्यो सुनको मूल्य, चाँदी पनि बढ्यो

लोकपथ
126
Shares

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ह्वातै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ हजार रुपैयाँले बढेको हो ।

अघिल्लो दिन २ लाख ९३ हजार २ सयमा कारोबार भएको सुन आज ५ हजार रुपैयाँले २ लाख ९८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १२० रुपैयाँले बढेको हो ।

आइतबार ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज १२० रुपैयाँले बढेर ५ हजार ०१५ रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?