काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को लुम्बिनी प्रदेश अधिवेशनमा सभापति चयनका लागि दोस्रो चरणको मतदान हुने भएको छ ।
पहिलो चरणको निर्वाचनमा कुनै पनि उम्मेदवारले आवश्यक ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान गर्न लागिएको हो ।
दाङको घोराहीस्थित सभागृहमा भएको मतदानमा ८५४ प्रतिनिधिमध्ये ५४२ जनाले मत दिएका थिए । सभापति पदका उम्मेदवार शालिकराम घिमिरेले सबैभन्दा बढी १९९ मत पाए । गोपाल घिमिरेले ८७ मत प्राप्त गरे ।
अन्य उम्मेदवारमध्ये गणेश पौडेलले ८४, डा.राजकुमार सुवेदीले ८०, मञ्जु ज्ञवाली भुसालले ७१ र मधुप्रसाद अर्यालले १९ मत पाए ।
निर्वाचन समितिका अनुसार अब दोस्रो चरणमा शालिकराम घिमिरे र गोपाल घिमिरेबीच प्रतिस्पर्धा हुनेछ । दोस्रो चरणको मतदान बिहान १० बजेदेखि सुरु गरिने जनाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया