काभ्रेमा बस दुर्घटना : ७ जनाको अवस्था गम्भीर, १४ घाइतेको उद्धार

लोकपथ
0
Shares

काठमाडौं । काभ्रेमा बस दुर्घटना भएको छ । बस दुर्घटनामा परेका ७ जना यात्रुको अवस्था गम्भीर रहेको र १४ जनाको उद्धार गरिएको छ ।

काभ्रे प्रहरीले लोकपथलाई दिएको जानकारी अनुसार नमोबुद्ध नगरपालिकको बुच्चाकोट भन्ने स्थानमा बस दुर्घटना भएको हो ।

पूर्वअरनिको बा ३ ख ८३९८ नम्बरको यात्रुबाहक बस शुक्रबार दिउँसो साढे २ बजे आसपास दुर्घटनामा परेको हो ।

‘प्रहरी घटनास्थलमा पुगेको छ । दुर्घटनामा परी ७ जनाको अवस्था गम्भीर रहेको छ भने १४ जनाको उद्धार गरिएको छ,’ काभ्रे प्रहरीले लोकपथसँग भन्यो ।

घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?