काठमाडौं । गएराति मकवानपुरमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।
भीमफेदी–८ बैदमारस्थित भित्री बाटोबाट माण्डु हाइड्रोपावरको बाटो हुँदै इपा गइरहेको फास्ट ट्र्याकको बाप्र०१–०३३च २१४४ नम्बरको योद्धा पिकअप गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा फास्ट ट्र्याकमा कार्यरत इन्जिनियर बाराको पचरौता–७ का २१ वर्षीय सूर्य यादव र चालक सिन्धुलीको कमलामाई–९, भिमानका ४२ वर्षीय बोधराज बुढाथोकी घाइते छन् ।
प्रहरी र सेनाको टोलीले घटनास्थलबाट उद्धार गरेर हेटौँडा अस्पताल ल्याएका दुवै जनालाई चिकित्सकले आज बिहान मृत घोषणा गरेका थिए ।
पछिल्लो समय कान्तिपथ र हेटौँडा–सिन्धुली सडकमा अत्यधिक दुर्घटना भइरहेकाले सुरक्षामा ध्यान दिन, यात्रा गर्दा सावधानी रहन र रातिका समयमा सकभर यात्रा नगर्न प्रहरीले अनुरोध गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया