प्रतिनिधिसभा बैठक अपराह्न २ बजेका लागि तोकियो

लोकपथ
49
Shares

काठमाडौं । प्रतिनिधिसभाको बैठक आजै अपराह्न २ः०० बजेका लागि तोकिएको छ ।

बिहान ११ः०० बजेका लागि निर्धारित बैठक दुई घण्टासम्म चल्न नसकेपछि बैठक बस्ने समय परिवर्तन भएको हो ।

सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा नियमावली, २०८३ को नियम ६ को उपनियम (२) बमोजिम प्रतिनिधिसभाको बैठक अपराह्न २ः०० बजे बस्नेगरी निर्धारण गरेको सङ्घीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?