आज मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
84
Shares

काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने तय भएको हो ।

बैठकमा विभिन्न मन्त्रालयबाट प्रस्तुत नियमित एजेण्डामाथि छलफल हुने जनाइएको छ । साथै सरकारका समसामयिक कामकारबाही, नीतिगत विषय तथा मन्त्रालयगत प्रगतिबारे पनि समीक्षा र छलफल हुने तयारी गरिएको छ ।

सरकारका प्राथमिकताका कार्यक्रमको कार्यान्वयन, मन्त्रालयहरूबीचको समन्वय तथा सार्वजनिक सरोकारका विषयमा समेत बैठकमा आवश्यक निर्णय हुन सक्ने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?