काठमाडौं । प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले आज पनि विरोध जनाएका छन् ।
करिब एक सातापछि सोमबार बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले अवरोध सिर्जना गरेका हुन् । विपक्षी दलहरुले प्रधानमन्त्रीको जवाफ नआएसम्म संसद बैठक चल्न नदिने अडान कायम राखेपछि १५ मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री बालेनले सीमाको विषयमा दिएको अभिव्यक्ति, अर्थ विधेयकमा भएको करका दर हेरफेर लगायतका विषयमा विपक्षी दलका सांसदहरुले आवाज उठाएका हुन् ।
सभामुख डोलप्रसाद अर्याल (डीपी अर्याल) ले संसद बैठक रोकेर विपक्षी दलहरुसँग छलफल गर्न लागेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया